
१. प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता प्रदान गरिने, सन्तानलाई नागरिकता दिन आमाले राज्यले तय गरेका चारवटा शर्त पूरा गर्नुपर्ने ।

२. राष्ट्र बैंकद्वारा २०७९/८० को मौद्रिक नीति सार्वजनिक, उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक–फरक ब्याजदर कायम, कर्जामा ४ करोडको सीमा हटाइयो, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई ४ प्रतिशत पुर्याइने, उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनरकर्जा दिइने ।

३. मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटर उपलब्ध गराउन संसदीय समितिको निर्देशन, मुटुका बिरामीहरुको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने, कूटनीतिक पहल गरी अक्सिजेनेटरको आवश्यक व्यवस्था मिलाउन सुझाव, संवेदनशील भएकाले आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने भनाइ ।

४. प्रदेश १ को नामकरण पेचिलो बन्दै, प्रदेशसभाको यही कार्यकालमा नाम राख्ने सम्भावना कम, नामकरणबारे छलफलका लागि बसेकोे सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो, छलफललाई निरन्तरता दिइने, पहिचानसहितको नाम नआए संसद अधिवेशन नै अन्त्य गर्ने दाउमा मुख्यमन्त्री राजेन्द्रकुमार राई ।

५. आगामी संघ र प्रदेशको निर्वाचनबाट देशको नेतृत्व माआवादीले गर्ने प्रचण्डको दाबी, देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने भनाइ, माओवादीकै जोडबलमा नागरिकता विधेयक पारित भएको अभिव्यक्ति ।

६. खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न एमाले अध्यक्ष ओलीको आग्रह, राज्यका विभिन्न निकायमा कांग्रेसका समर्थक रहेको टिप्पणी, केन्द्रीय विभागमा न्यायाधीश रहेकोे दाबी, निर्वाचन आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको टिप्पणी, सरकारले उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको आरोप ।

७. स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न संसदीय समितिको निर्देशन, सेवाग्राहीलाई सहज ढंगले बिमाको भुक्तानी पाउने व्यवस्था मिलाउन सुझाव, बजेट वक्तव्यमा आएको व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा नसकेमा मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गराउनुपर्ने, स्वास्थ्य बिमा कार्यक्रम तत्काल सुचारु गराउनु पर्ने ठहर ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २७.२६ अंकले घटेर २ हजार १७.४६ अंकमा झर्याे, १३ वटै उपसूचक ऋणात्मक, नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत र्पुयायो, नेपाली बजारमा सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो ।

९. श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त, राष्ट्रपति भवन सेनाको नियन्त्रणमा, सरकारविरोधी प्रदर्शन गर्ने नेताहरु पनि पक्राउ, इटालीका प्रधानमन्त्री मारियो द्राघीद्वारा राजीनामा, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस संक्रमण ।

१०. अन्तरराष्ट्रिय क्रिकेट परिषदले सन् २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढायो, नेपाल पनि छनोट हुने सम्भावना बढ्यो, एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी नेपाली जुडो टोली स्वदेश फिर्ता ।












