Logo
Logo

एक हजार ७०८ प्रहरी जवान बढुवाका लागि सिफारिस (सूचीसहित)


4k
Shares

काठमाडौं । नेपाल प्रहरीमा एक हजार ७०८ प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

जनपद प्रहरी समूहतर्फको रिक्त रहेकामध्ये एक हजार ७०८ जना प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका हुन् ।

बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी जवान पदमा रहेको उनीहरुलाई प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो ।

समूहतर्फका प्रहरी जवानहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000