Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

नागरिकता विधेयकको जस लिने होडदेखि गठबन्धनको चिन्तासम्म


6.2k
Shares

१. सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट, सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने सम्मानीत नेता झलनाथ खनालको भनाइ, सम्मानजनक सिट बाँडफाँट नभए सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा २० देखि २५ सिट जित्ने अध्यक्ष माधवकुमार नेपालको दावी ।

२. मधेशमा भएको नागरिकतासम्बन्धी समस्या माओवादी केन्द्रले समाधान गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, नागरिकताविहीन ७ लाख युवाले माओवादीकै कारण नागरिकता पाउले दावी, समस्याहरुको समाधान गर्ने मुख्य पार्टी माओवादी नै भएकाले आउने दिनमा बलियो बनाउन आग्रह ।

३. एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीले गठबन्धन गरेको नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आरोप, प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि जिकिर, आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यबद्ध रहेको भनाइ ।

४. प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकको गैरआवसीय नेपालीद्वारा स्वागत, विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष विनोद कुँवरको भनाइ, विधेयक पारित भएसँगै गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको धारणा ।

५. गभर्नर महाप्रसाद अधिकारीविरुद्ध हरेक दिनजसो प्रदर्शन, गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै संयुक्त संगठनका विद्यार्थीले सांसदलाई पठाए एसएमएस, नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीका नाममा रहेका सदस्य गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै कारबाही गर्न माग ।

६. गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्य नहुने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ, बाध्यात्मक अवस्थामा नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्नु परेको जिकिर, पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता गर्न नसक्ने भएकाले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा ।

७. अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेकाले समीक्षा हुन जरुरी रहेको धारणा, अन्तर्घातीलाई पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्ने दावी ।

८. यस साता सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँसम्म झर्यो, अन्तरर्राष्ट्रिय बजारमा सस्तिँदा नेपालमा पनि सुनको दाम घट्यो, पाँच महिनायताकै सस्तो भए पनि बजारमा भने कारोबार औसत मात्र ।

९. महिला साफ च्याम्पियनसिप फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने, एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुने, प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्ने ।

१०. जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको सेप्टेम्बर २७ मा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ, आबेको अन्त्येष्टिमा विश्वका नेताहरूलाई आमन्त्रण, राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयप्रति प्रतिपक्षको विरोध, आबेको राजनीतिक विचारधारासँग सबै जापानीहरू सहमत नभएको भन्दै करदाताले तिरेको पैसा कुनै नेताको अन्त्येष्टिमा खर्च गर्न नहुने तर्क ।

प्रतिक्रिया दिनुहोस्