Logo
Logo

जनबहसमा प्रचण्ड, माधव र पूर्वमहान्यायाधिवक्ता संग्रौला


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौलालगायतले आज जनबहसमा सहभागी हुँदैछन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक जनबहसमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वमहान्यायाधिवक्ता डा. संग्रौला, चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्के, डा.खगेन्द्र प्रसाईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

असंलग्नता र राष्ट्रियतामाथि देखिएको गम्भिर चुनौतीलाई मध्यनजर गर्दै जनबहस कार्यक्रमको आयोजना गर्न लागिएको खतिवडाले प्रस्ट पारे । कार्यक्रम दिउँसो १२ः३० बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्