Logo
Logo

कल सेन्टरमा प्रहरी छापा, डेढ सय युवायुवती पक्राउ


10.3k
Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका- २ मा रहेको ब्लु स्काइ कल सेन्टरका ७ सञ्चालक सहित डेढ सय युवा युवती पक्राउ परेका छन् । ठगी गरेको आरोपमा प्रहरीले कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको जनाएको छ ।

कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्