Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

समाजवादी मोर्चा बनाउने कसरतदेखि कैदलीलाई विवाह गर्ने छुटसम्म


4.5k
Shares

१. आम निर्वाचिन लक्षित समाजवादी मोर्चा बनाउने कसरतसँगै वर्तमान सत्ता गठबन्धनले निरन्तरता नपाउने संकेत, माओवादी, एकीकृत समाजवादी, जसपा, नेकपा एकता अभियान र बाबुराम भट्टराई समूह मिलेर समाजवादी मोर्चा बनाउने तयारी, समाजवादी मोर्चा बनाउने तयारीले नेपाली कांग्रेसमा बढ्यो छटपटी ।

२. प्रतिनिधि सभाले ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गर्यो, विधेयक पारित भएसँगै कैदीबन्दीले विवाह र प्रजनन अधिकार पाए, गर्भवती र सुत्केरीलाई जेलबाहिर बस्ने छुट, खुला कारागारको अवधारणालाई समेत विधेयकले समेट्यो ।


३. निर्वाचन आयोग आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुट्यो, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनका लागि कार्ययोजना तयार, साउन १ गतेदेखि भदौ ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगले तयार पारेको कार्ययोजना जिल्ला जिल्लामा ।


४. बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने, अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गर्यो, गृह मन्त्रालयसँग सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारको सिसिटीभी फुटेज मागियो ।


५. छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालको भनाइ, महिलाले कानूनीरूपमा अधिकार प्राप्त गरे पनि कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख, सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न नसकिरहेका धारणा ।


६. संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गर्यो, सन् २०२३–२०३३ सम्मलाई पर्यटन भ्रमण दशकको रुपमा मनाइने, कोभिड–१९ को प्रभाव कम भएसँगै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटक आकर्षित गर्न सकिने विश्वास ।


७. वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको प्रतिवद्धता, अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेकाले समाधान गर्न पहल गर्नेमा जोड, वैदेशिक रोजगार क्षेत्रका विकृति विसङ्गति नियन्त्रण गर्न मन्त्रालयले गृहकार्य अघि बढाएका भनाइ ।


८. नयाँ मौद्रिक नीति पारित भएपछि शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल, शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइनु र शेयर धितो कर्जाबापत १२ करोडसम्म ऋण लिन पाउनेलगायतका प्रबन्धले लगानीकर्ता उत्साहित, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अङ्कले उकालो लागेर दुई हजार ७८.५१ मा पुग्यो ।


९. अर्काे महिना घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा एन्फाले ५८ खेलाडीलाई बोलायो, प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीमा प्रशिक्षणमा सहभागी हुने, महिला साफ च्याम्पियनसिप भदौं २१ देखि असोज ३ गते सम्म दशरथ रंगशालामा हुँदै ।


१०. भारी वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते, वर्षाका कारण ६ हजार ६३ घरमा क्षति, अझै भारी वर्षा हुने पूर्वानुमानका साथ एक महिनाका लागि आपत्कालीन अवस्था घोषणा ।

प्रतिक्रिया दिनुहोस्