काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् । कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

प्रहरीका अनुसार चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।
छापा मार्न खोज्ने क्रममा महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।














