
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।











