काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्ड सचिवालयका अनुसार सिंहदरबारस्थितमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको छ ।
भेटपछि नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न बताए ।











