
१. बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेका जनार्दनमाथिको संसदीय विशेष छानबिन अन्तिम चरणमा, अहिलेसम्म कुनै प्रमाण फेला परेन, अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर, फुटेजमा देखियो राति १२ बजे मन्त्रालय छिरेको गाडी, फुटेज प्रस्ट नभएको समितिका सदस्यद्हरुको भनाइ ।

२. प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने, निवार्चन आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा मंसिर ४ गते निर्वाचन गर्न मिति सिफारिस गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा जानकारी, आयोगको सिफारिसअनुसारै सरकारले निर्वाचनको मिति तोक्ने विश्वास ।

३. सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन, मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नपर्ने, सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण ‘सिंहदरबार सुरक्षा गण’ले गर्नुपर्ने मन्त्रालयको भनाइ ।

४. अर्थतन्त्रमा देखिएका चुनौति कम गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको दुई सुझाव, फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन गर्नुपर्ने भनाइ, नागरिक, परिवारदेखि राज्यका निकायलाई खर्च सकेसम्म नियन्त्रण गर्न आग्रह, अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउनुपर्ने धारणा, कृषि, वन, पर्यटन र जलविद्युत क्षेलाई प्राथमिता दिनुपर्ने अभिव्यक्ति, एलपी ग्यासको आयात कम गर्नुपर्ने र विद्युतीय गाडीलाई अवलम्बन गनुपर्ने भनाइ ।

५. गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ, विगतका निर्वाचनभन्दा मितव्ययी भएको निर्वाचन आयोगको दाबी, सचिवालयमा १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रुपैयाँ खर्च ।

६. स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी तोस्रो, जनता समाजवादी पार्टी चौँथो हुँदा एकृकीत समाजवादी पाँचौ स्थानमा, कांग्रेसले ३९ लाख ५६ हजार १९३, एमालेले ३८ लाख ११ हजार ६०२, माओवादीले १५ लाख तीन हजार २४७, जसपाले पाँच लाख ७७ हजार ३८० र एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ मत पायो ।

७. प्रदेश १ नामकरणमा पहिचानवादीको दबाब कायमै, देशसभाभित्र पनि पहिचानवादी सांसदहरूको आवाज चर्को बन्दै, प्रदेशसभाको बैठकको शून्य समयमा सांसदले गाए मुन्धुम गीत, नेपालको इतिहास किरात भएको भन्दै संसद्मा चर्को भाषण, भवन बाहिर पहिचान पक्षधर ३५ भन्दा बढी संघ संगठनद्वारा नाराबाजी, भाषण र धर्ना, धान नाच प्रस्तुत ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पहिरो, ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा कायम, २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्य ओरालो ।

९.भातीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा गिरफतार, भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु, श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्ष सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा, अफगानिस्तानको जाबुल प्रान्तमा विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १० जना घाइते ।

१०. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु, असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीको राजधानी पोखरामा आयोजना हुने निश्चित भएपछि काम अघि बढाइयो, यु–१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठ नियुक्त, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्ड ।












