Logo
Logo

देउडा गायक हरिचन्द्र कडायतको निधन



बझाङ । वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती ादेशीक अस्पतालमा (आज) बुधबार निधन भएको हो ।

मस्तिष्क घातका कारण अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेपछि सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए । लोक देउडा गायक कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’जस्ता बिभिन्न चर्चित गीतमा गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्