Logo
Logo

जिल्ला न्यायाधीशको सर्टलिस्टमा ६३ जना


1.1k
Shares

काठमाडौं । जिल्ला न्यायाधीशको सर्टलिस्टमा ६३ जनाको नाम निस्किएको छ । मंगलबार न्यायपरिषद्को बैठकले ६३ जनाको नाम सर्टलिस्टमा पारेको हो ।

संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (क) तथा न्यायपरिषद नियमावली, २०७४ को नियम ६ को उपनियम (४) बमोजिम रिक्त २१ जिल्ला न्यायाधीश पदमा पूर्ति गर्न न्याय परिषद सचिवालयले गत असार २७ मा सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचना बमोजिम आवेदन गर्ने व्यक्तिमध्ये ६३ जनाको नाम सर्टलिस्टमा परेको हो । न्यायपरिषदले बुधबार सार्वजनिक सूचना जारी गर्दै सर्टलिस्टमा परेका ६४ जनाको नाम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्