काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सुरु नभएपछि एमाले नेता भीम रावलले बैठक हलमा कविता सुनाएका छन् ।

देशको लागि लड्ने सालिक भएछ
देश द्रोही मान्छे चाहिँ मालिक भएछ
बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको हो । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र सिंगापुर सेनाका भूपू गोर्खा सैनिकको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरु दीपक प्रकाश भट्ट, लीलादेवी सिटौला, चादतारा कुमारी, रेनुका गुरुङ उपस्थित भएका छन् ।











