
१. माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक, परिणाम खस्कदों, उच्च जीपीए ल्याउने घटे, ३.६ देखि ४ जीपीए ल्याउने ९ हजार ६३३, ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ हजार ६२७, २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९००, २.४ देखि २.८ जीपीए ल्याउने ९० हजार ७५८, २.० देखि २.४ जीपीए ल्याउने १ लाख १२ हजार ७३३, १.६ देखि २.० जीपीए ल्याउने १ लाख ५९४ जना, २२ हजार ६४० जना गयल ।

२. जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा आउने, सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूद्वारा जानकारी, कारखानाको अवस्था, सम्पत्ति, मेसिनरीको अवस्थालगायतका विषयमा जानकारी, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न रुग्ण उद्योग सञ्चालन गर्न लागेको अभिव्यक्ति ।

३. महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै, भारतले निर्माण गर्ने नहरको टुङ्गो लागेन, नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर बनाउने, चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया सकेर ५०० मिटर नहर बनाइसक्ने योजना, नहर खनिने क्षेत्रको मुआब्जाका लागि सूचना सार्वजनिक गरिसकेको सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितद्वारा जानकारी ।

४. एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु दुईदिने भ्रमणमा नेपाल आउँदै, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने, एसपीपीबारे छलफल हुने चर्चा, संसदीय समितिद्वारा एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग ।

५. बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने, बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिने, प्रतिबेदनमा समान धारणा आउने समितिका सचिव सुरेन्द्र अर्यालको दाबी, छलफलका क्रममा आएका फरक मतमा सहमति खोजिने ।

६. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्ने कांग्रेस नेता डा शेखर कोइरालाको भनाइ, नेकपा माओवादी केन्द्रले भनेजस्तो सिट बाँडफाँट गर्न नहुने अभिव्यक्ति, सङ्घीयतालाई कार्यान्वयन गर्न, प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेकोे आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउनुपर्ने धारण ।

७. एक वर्षमा एक हजार ३३१ व्यापारिक फर्म तथा कम्पनी कारबाहीमा, एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन, सामान्य गल्ती गर्नलाई सुधारको मौका, एक हजार ७३ फर्मलाई तत्काल सुधार गर्न निर्देशन, ६८५ फर्मसँग आवश्यक कागजात र स्पष्टीकरण माग, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी ।

८. काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीको छापा, ४ जना चिनियाँ नागरिक पक्रा, ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद, टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर कम्पनी दर्ता, विभिन्न एप्स मार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको प्रहरीको भनाइ ।

९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले बढेर ४०२.९२ मा कायम, २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट ।

१०. श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिङ्गापुरमा बस्ने समयावधि थप, १४ दिन सिङ्गापुर बस्ने अनुमति, माइक्रो ब्लगिङ सोसियल साइट ट्वीटर सेयरधनीको बैठक बस्दै, एलन मस्कले ट्वीटर खरिदका लागि गरेको प्रस्तावमा मतदान हुने, बिहारमा चट्याङ र वर्षामा परी मा २६ जनाको मृत्यु ।













