Logo
Logo

निर्मला प्रकरण नयाँ मोडमा, अभियुक्तलाई देख्ने प्रत्यक्षदर्शी भेटिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन ।
एक वर्ष बित्दा पनि बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तहरु फेला नपरेपछि डिएनए परिक्षणमै शंका व्यक्त गर्न थालिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत डिएनएबाट अभियुक्त पत्ता लगाउन कठिन रहेको बताइरहेका बेला यो घटनामा विगतमा पक्राउ परेकै व्यक्तिहरु भएको आशंका समेत गरिएको छ ।


प्रहरीले घटनाको तीन सातापछि स्थानीय युवक दिलिपसिंह बिष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । पक्राउ परेपछि उनले अभियोग स्वीकार गरेका थिए । तर, डिएनए नमिलेपछि छुटेका थिए ।
नक्कली अभियुक्त खडा गर्न खोजिएको भन्दै त्यसपछि आन्दोलन चर्किएको थियो । भीडको दबाबका आधारमा प्रहरी नेतृत्वले बिष्टलाई पक्राउ गर्ने केही प्रहरीलाई बर्खास्त ग¥यो भने केहीलाई निलम्बन ग¥यो । अझ केहीमाथि त मुद्दा नै दायर भयो ।
अहिले आएर उनै बिष्ट नै अभियुक्त हुने सम्भावना देखिएको छ । किनकी उनले जसरी बयान दिएका थिए, त्यो बनावटी खालको थिएन । पुष्टि हुने किमिसको थियो ।
अर्काेतर्फ घटना भएको दिन उनलाई सोही ठाउँमा एक महिलाले समेत देखेकी थिइन् । उनले शनिबार एक टेलिभिजन कार्यक्रममा त्यसबारे खुलासा गरेकी छिन् । आफूलाई पूर्ण सुरक्षा भए अदालतमा गएर बोल्न सक्ने उनको भनाई छ । असुरक्षताका कारण आफूले सो कुरा बोल्न नसकेको उनको भनाई छ ।
मानव अधिकार आयोग लगायतले डिएनए परिक्षणमै त्रुटि औंल्याउनु र बिष्टको संलग्नताको आधार बलियो हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्