Logo
Logo

स्वास्थ्य सेवा सर्वसुलभ बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री


441
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

वीर अस्पतालको १३३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको बताए । ‘महामारीसंग जुध्न सक्ने स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्छ,’ उनले भने, ‘जसका लागि प्रर्याप्त बजेट छुट्याएर काम गर्न सरकार तयार छ ।’

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको देउवाले बताए ।

गुणस्तरिय सेवा प्रदान गर्दै जनताको विश्वास जितेको वीर अस्पताललाई थप गुणस्तरिय बनाउदै लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्