Logo
Logo

प्रधानमन्त्री ओली अस्वस्थ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अस्वस्थ भएपनि उनी आइतबारवीर अस्पतालको वार्षिकोत्सवमा सहभागी हुन सकेनन्। आइतबार मध्याह्न साढे १२ बजे वीरको कार्यक्रममा प्रधानमन्त्री जाने तय भए पनि अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले अस्वस्थताका कारण आउन नसक्ने जानकारी दिएको हो। उनको स्वास्थ्यकै कारण आइतबारको सचिवालय बैठक समेत सरेको छ ।


शुक्रबारदेखि अस्वस्थ रहेका प्रधानमन्त्री ओली शनिबार गंगालाल अस्पतालको भवन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। शुक्रबार राति आफ्नो बंगरा फुस्केपछि बिसन्चो भएको उनले बताएका थिए।

प्रधानमन्त्री ओलीको शनिबार राति आर्मी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सबै रिपोर्ट राम्रो आएकाले प्रधानमन्त्री आराममा रहेको जनाइएको छ। गंगालाल अस्पतालको भवन उद्घाटन गर्ने क्रममा उनले आफू ‘अस्थायी बिरामी’ मात्र भएको बताएका थिए। प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्