
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ ।
आज सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न भनेको छ । इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन् ।
भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयले प्रस्ताव पेश गर्न सक्नेछन् ।














