
काठमाडैं । सशस्त्र प्रहरीले ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) मागका लागि आवेदन मागेको हो ।
प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ । सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) का लागि कम्तिमा एमबिबिएस उत्तिर्ण भइ नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ ।
यस्तै स्टाफ नर्सका लागि प्रमाण पत्र र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।














