
कास्की । पोखरा महानगरपालिकाको आयोजनामा आजदेखि मेयर सम्मेलन हुँदैछ ।
सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत भेला हुनेछन् । सम्मेलनमा महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुने पोखाराका मेयर धनराज आचार्यले बताए ।
उनले महानगरको छुट्टै सन्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।














