Logo
Logo

एसपीपी अघि नबढाउने लिखित पत्र अमेरिकालाई पठाइसक्याैं : मन्त्री खड्का


1.6k
Shares

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने भनेर साउन ९ गते अमेरिकालाई पत्र पठाएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले शुक्रबार संसदमा यसबारे जानकारी गराएका हुन् । सरकारले असार ६ गते एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो ।

आन्तरिक परामर्श गर्नुपरेकाले अमेरिकालाई लिखित जानकारी पठाउन केही ढिला भएको मन्त्री खड्काले बताए ।

संसदमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्