Logo
Logo

‘एमालेले अब जित्नेमात्र होइन, टिक्ने मान्छे खोज्नुपर्छ’


7.1k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘एमाले बलियो भए सत्तारूढ गठबन्धन स्वतः कमजोर’ हुने दावी गरेका छन् ।

शनिबार एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।

नेता पोखरेलले भने, ‘एमाले बलियो भए गठबन्धन स्वतः कमजोर हुन्छ । भाकल गरेर मात्र हुन्न ।’ अहिले पनि सर्वाधिक मत एमालेले ल्याएर पनि सिटमा कमजोर भएको उनको भनाइ छ ।

एमालेकै नेता कार्यकर्ताको व्यवस्थापकीय कमजोरीले ८० सिट गुमाएको उनले बताए । ‘दुईदेखि ५० मतको अन्तरले ८० सिट गुमायौँ’ उनले भने, ‘उम्मेदवारी दर्ता गर्ने बेलासम्म मान्छे तयार पार्न नसक्नु हाम्रो कमजोरी भयो ।’ अब एमालेले जित्ने मात्र होइन, टिक्ने मान्छे खोज्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्