काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोइराला सचिवालयका अनुसार शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
नेता कोइरालाको ग्रान्डीमै उपचार भइरहेको सचिवालयले जनाएको छ ।














