Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

काठमाडौंमा फोहोरको डंगुरदेखि स्वतन्त्रको लहर देशका लागि घातक भएकोसम्म


630
Shares

१. काठमाडौैँको सडमा फोहर थुप्रिन थाल्यो, सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको काठमाडौं महानगरको भनाइ, बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने ।


२. आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र दोस्रो हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको तर्क, कम्युनिस्ट शक्तिहरूमा माओवादी पहिलो बनाउने गरी लागेको भनाइ, आफ्नै पार्टीभित्रका घात अन्तर्घातले स्थानीय निर्वाचमा माओवादी दोस्रो पार्टी बन्न नसकेको अभिव्यक्ति ।


३. सत्ता गठबन्धन देशको लागि अभिसाप भएको एमाले अध्यक्ष केपी शर्माा ओलीको टिप्पणी, सरकार कर छलीहरूको गठबन्धन भएको अभिव्यक्ति, आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर एमालेको सरकार बन्ने दाबी, जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई नमान्ने, गठबन्धनको बहुमत हुने गरी छानबिन समिति बनाएको भनाइ, गम्भीर गल्तीमा पनि प्रभावकारी छानबिन गर्न नसकेको तर्क ।


४. समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता झलनाथ खनालको भनाइ, मलुकमा पूँजीवादी समाज भएको टिप्पणी, पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेको अभिव्यक्ति, समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने अभिव्यक्ति, एकीकृत समाजवादी समाजको अगुवा क्रान्तिकारी पार्टी भएको दाबी ।


५. स्वतन्त्र उम्मेद्वार बन्ने प्रवृत्ति बढ्दै गएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ, काठमाडौं महानगरको मेयर बालेनलाई हेरेर स्वतन्त्रको लहर चल्नु देशका लागि घातक भएको दाबी, बालेनले काम गर्न नसक्ने प्रमाणित भइसकेको टिप्पणी, झुटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको अभिव्यक्ति ।


६. पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहन नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको भनाइ, आगामी निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्ने दाबी, गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको टिप्पणी ।


७. पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिन कांग्रेस नेता प्रकाशमान सिंहको निर्देशन, सबै जिम्मेवार बन्नुपर्ने भनाइ, मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरु भएको टिप्पणी, सामाजिक सञ्जालदेखि सम्रग गतिविधिमार्फत चुनावी माहोल निर्माण गर्न निर्देशन, मुलुकको समस्याको समाधान कांग्रेसबाहेक अरु दलले गर्न नसक्ने दाबी ।


८. बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा जनार्दन दोषी ठहर भएको एमाले सचिव योगेश भट्टराईको टिप्पणी, छानबिन गहिराइसम्म नपुगेको दाबी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मको सेटिङमा जनार्दनलाई चोख्याइएको आरोप ।

फायल फोटो


९.न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालो सूचीमा, नगरपालिकाका प्रमुख, कानून प्रवर्तन एजेन्सीका अधिकारी र पत्रकारलाई प्रतिबन्धित, युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास, पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा रुसले कब्जामा लिएको दाबी, स्पेनमा मंकीपक्सको दोस्रो विरामीको मृत्यु ।


१०. साहरा क्लब पोखराद्वारा २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक, साँढे तीन लाख रुपैयाँ घाटा, ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ आम्दानी, ६९ लाख ८९ हजार रुपैयाँ खर्च, नेपाली महिला राष्ट्रिय टोलीका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा सम्मानित ।

प्रतिक्रिया दिनुहोस्