काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५८४६ नमूना परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर विधिबाट २६५१ र एन्टिजेनबाट ३१९५ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ४९६ र एन्टिजेनबाट १२४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै, कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने थप २९७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४५६७ पुगेको छ।














