काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गर्न अवसर दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड एसका अध्यक्ष माधवकुमार नेपाल, उपेन्द्र यादवलगयात गठवन्धनका नेताहरूलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्रालयमा आयोजित बधाई तथा सुभकामना कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अर्थमन्त्रालयका विभिन्न तहका कर्मचारीले सहयोगको अपेक्षा गरेको बताए । मन्त्रालयभित्र परेका सम्पूर्ण कार्यहरु गर्न सबैसंग सहकार्य गर्ने उनले बताए ।














