Logo
Logo

जिल्लाको समृद्धिका लागि प्रधानमन्त्रीसँग धनकुटा कांग्रेसको ७ बुँदे माग


1.5k
Shares

धनकुटा । नेपाली कांग्रेसबाट निर्वाचित धनकुटाका जनप्रतिनिधिले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

आइतबार बालु्वाटारमा पुगेर दउवालाई भेटेको टोलीले धनकुटा अस्पताललाई स्तरोन्नती गरी मेडकल कजेल बनाउन, धनकुटाको बेलहारा डाँडामा विमानस्थल बनाउन, हिलेमा सैनिक अस्पताल र सैनिक विद्यालय स्थापना गर्न माग गरेका छन् ।

यस्तै धनकुटाका शहिद परिवारलाई आर्थिक सहयोग र रोजगारको व्यवस्था, बजार क्षेत्रमा व्यवस्थित ढल निर्माण, भेडेटारलगायत क्षेत्रलाई विषेश पर्यटन क्षेत्रका रुपमा विकास गर्न बजेट माग गर्दै मागपत्र बुझाएको कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले धनकुटा कांग्रेसले राखेका माग क्रमशः पुरा गर्दै जाने बताए । यस्तै आउँदो संघ र प्रदेशको निर्वाचन जित्ने गरी तयारी थाल्न पनि दउवाले निर्देशन दिएको राईले बताए ।

पूर्वमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य सुनिलबहादुर थापा, पूर्वआमन्त्रित केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापति दिनेश राई, पाख्रिवासका मेयर ज्ञानवहादुर गुरुङ, महालक्ष्मीका मेयर ध्रवराज राया, साँगुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राईलगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्