Logo
Logo

कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालय घेराउ


3k
Shares

काठमाडौं। प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने भन्दै कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।

नायब सुब्बा बचाऊ अभियानको पहलमा सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताएका उनीहरूले सङ्घ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने माग राख्दै मन्त्रालय घेराउ गरेका हुन् ।

शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकरअन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्नेसमेत उनीहरूको माग रहेको छ ।

सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवालाई चक्रीय प्रणालीमा लैजानु पर्ने तथा पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान ऐनमा समावेश गर्नुपर्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्