Logo
Logo

काभ्रेस्थली घटना : चारैजनाको शव उठाइयो


6.4k
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, श्रीमती ३९ वर्षका सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षका आशिकाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

प्रहरीका अनुसार उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ । दिनेश पाण्डे, श्रीमती सुनिता, छोरा आशिक र छोरी आशिका घरमै मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्