
१. सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को इच्छा, नागरिकता ऐन पारित भएपछि सरकारमा जान सकारात्मक, प्रधानमन्त्री शेरबहादुर देउवाले थाल्यो तयारी, लोसपाको दुई मन्त्रालयमा दाबी ।

२. बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सन्दर्भमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै पेस भएको निवेदन सर्वोच्च अदालतद्वारा दरपीठ, उक्त विषय संघीय संसद्को विशेषाधिकारभित्र पर्ने भनान, विधि, प्रक्रिया, पद्धति र गोपनीयताको सीमासम्बन्धमा छुट्टै ऐन बनाउन यसअघि नै दायर गरेको रिट निवेदन विचाराधीन रहेकाले पनि निवेदन दर्ता गर्न नमिल्ने ।

३. मन्त्री र सचिवहरुलाई बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मन्त्रालयगत योजनासहित उपस्थित हुन आग्रह, जनताको अपेक्षाअनुसार गर्न निर्देशन ।

४. गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा, खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३०, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९, दाना उत्पादन गर्ने १८, प्रशोधित पिउने पानी उत्पादन गर्ने १४, चिया/कफी उत्पादन गर्ने ८, फल तथा सागपात सम्बन्धी ७, मसला उत्पादन गर्ने ५, गुलियो पदार्थ उत्पादन ३, तेल तथा घ्यूजन्यको २ वटा उद्योगविरुद्ध मुद्दा ।

५. घुस लिएको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल अख्तियारको नियन्त्रणमा, साढे २२ लाख रुपैयाँ बरामद, प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै घुस मागेको आरोप, सेवाग्राहीसँग घुस लिएको ६ लाख र गाडीमा स्रोत नखुलेको १६ लाख ५० हजार फेला ।

६. तत्कालीन नेकपाका पाँच नेताहरू देशद्रोही भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको भनाइ, एमसीसी र एसपीपी पास गर्नेहरु समाजवादी हुन नसक्ने टिप्पणी, सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह ।

७. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई नेकपा एमालेको ध्यानाकर्षण, सरकार फेरि द्वन्द्वतिर फर्काउन उद्दत रहेको प्रमुख सचेतक विशाल भट्टराईको टिप्पणी, पक्राउ पुर्जी तत्काल खारेज गर्न नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठको माग, जारी गरिएको पक्राउ पुर्जीकाबारे नियमित अदालती प्रक्रिया भनेर सरकार पञ्छन नमिल्ने भनाइ ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो, २.७६ अंकले घटेर दुई हजार १९३.४८ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स ४२१.१३ मा ओर्ले, २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा उकालो ।

९. माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, दुई पक्षीय हितका लागि आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने, अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमातनाव, अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल कायदा नेता अयमान अल जवाहिरी मारिए ।

१०. साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको सपना अधुरै, अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकियो, बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गरे गोल, भारत र बंगलादेश फाइनमा, माल्दिभ्स भारतसँग १-० ले पराजित ।















