Logo
Logo

३३ किलो सुन प्रकरणमा आज सर्वाेच्चले निर्णय गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ साउन
३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा मंगलबार निर्णय हुँदैछ। दुई साता लामो बहशपछि मंगलबारका लागि निर्णय सुनाउने मिति तोकिएको छ। न्यायाधीशद्धय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्दा निर्णय गर्न लागेको हो।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु उच्च अदालत विराटनगर पुगेका थिए। तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। त्यस्तै उच्च अदालतले छाडेकाविरुद्ध सरकारी वकिल सर्वाेच्च गएका थिए । जून मुद्दालाई एकैपटक सर्वाेच्चले सुनुवाई अघि बढाएको थियो ।
सर्वोच्चमा मुद्दा लम्बिएपछि जिल्ला अदालतले उक्त मुद्दामा अन्तिम सुनुवाई सुरु गर्न सकेको थिइन। थुनछेक आदेशमा न्यायिक विचलनमा परेको आरोपमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा तानिएपछि यो प्रकरणमा न्यायाधीशहरुले सुनुवाई गर्न टार्दै आएका थिए।

न्याय परिषदले उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेपछि सर्वोच्चमा यो मुद्दाको अन्तिम सुनुवाई सुरु भएको थियो। पक्षका कानुन व्यवसायी र सरकारी पक्षको बहस सोमबार समाप्त भएपछि मंगलबार निर्णय सुनाउने मिति इजलासले तोकेको हो।
जसमा एसएसपी दिवेश लोहनी, श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, संजय राउत, सई बालकृष्ण सञ्जेल र दुई जवान समेत छन् ।

प्रतिक्रिया दिनुहोस्