
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दै छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका छन् । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए । त्यसैले, काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् ।
आज बस्ने मन्त्रीपरिषदको बैठकले निर्वाचनको मिति तोक्ने तयारी गरेको सचिवनलयले जनाएको छ । प्रधानमन्त्री देउवा निर्वाचन मिति तोक्ने विषयमा तयार भएर बसे पनि गठबन्धन दलको अनुमति लिएरै अघि बढ्ने प्रयासमा रहेका कारण मन्त्रीपरिषद बैठक अघि गठबन्धदलको बैठक बस्न लागेको स्रोतको भनाइ छ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।














