
काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि दुवै देशका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दै छ ।
बिहान १० बजे बैठक बस्न लागेको हो । बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ ।
यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गरेका छन् । २०१९ मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजाने समझदारी भएको थियो ।
सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल हुने श्रममन्त्रालयका उपसचिव थानेश्वर भुसालले जानकारी दिए । नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदार जापान पठाइने छ ।
जापान जान साढे ५ हजार नेपाली भाषा परीक्षा पास गरेर बसेका छन् ।














