Logo
Logo

परिवारसहित प्रचण्ड यूएई लागे, ओली सिंगापुर जाने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ साउन ।
पारिवारिक भ्रमणका लागि नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएका छन्। बिहान ९ः३० बजे युएई गएका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन्।

प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा पनि छन्। लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले जनाएको छ।
युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरिनसकेका प्रचण्ड १८ गते नेपाल फर्किनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली भने १८ गते नै सिंगापुर जाने तयारीमा छन् । स्वास्थ्य जाँचका लागि उनी सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्