Logo
Logo

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने


504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार चिनियाँ समकक्षी वाङ यिको निमन्त्रणामा मन्त्री खड्का २४ साउनमा चीन जाँदैछन् ।

परराष्ट्रमन्त्री खड्का र यिबीच साउन २५ गते चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई पक्षीय वार्ता हुनेछ । एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्