Logo
Logo

एक्सनमा आइजिपी, जनार्दन र अमरेशको पिएसओ तानियो



काठमाडौं, २६ पुस ।
पिएसओका नाममा भइरहेको जनशक्ति दुरुपयोग रोक्न प्रहरी प्रधान कार्यालयले सक्रियता बढाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा पूर्व गृहमन्त्री जनार्दन शर्मा तथा कांग्रेस नेता अमेरशकुमार सिंहको सेवामा खटिएका प्रहरी तानिएका छन् ।


शर्माबाट १० जना प्रहरी फिर्ता बोलाइएको छ । त्यस्तै सिंहबाट तीन जना तानिएको छ ।
पूर्व गृहमन्त्रीले पिएसआको रुपमा दुई जना प्रहरी पाउने भएपनि शर्माले १२ जना लिदै आएका थिए । सिंहले त पावरको दुरुपयोग गरी पिएसओ लिदै आएका थिए । अन्य व्यक्तिहरुको पनि पिएसओका रुपमा खटिएका प्रहरी तान्ने प्रक्रिया आईजिपी खनालले सुरु गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्