काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताइवानको पछिल्लो घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
प्रचण्ड निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमबारे ध्यानाकर्षण भएको बताइएको छ ।
प्रचण्डको सचिवालयले भनेको छ, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ।’
प्रचण्ड शुक्रबार बेलुकी जापान जाने तयारीमा छन् ।