काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले एक बर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका हुन् ।
उनले देश बचाउन, देशलाई अघि बढाउन र देशको बिकास गर्न एमालेको बहुमत आवश्यक पर्ने बताए । ओलीले यसपटकको निर्वाचनमुखी महासंग्राम जसरी भएपनि राष्ट्रबादी देशभक्ती शक्तिले जित्नुपर्ने बताए ।
एसपीपीका नाममा बिदेशी हतियार भित्राएर नेपाली युवाहरुलाई वर्वाद पार्नेहरुलाई जनताले ठिक पार्नुपर्ने उनको भनाई छ । ओलीले कम्युनिष्ट पार्टी भन्नेहरु एमालेको सरकार ढाल्न कांग्रेसको पुच्छर बनेको तर्क समेत गरे ।
उनले समृद्ध नेपाली, सुखी नेपालीको आकांक्षालाई पुरा गर्नका लागि एमालेमा जोडिन आह्वान समेत गरे ।














