Logo
Logo

प्रगति बुझ्न प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवको बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन ।
प्रगती समिक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयका मन्त्री र सचिवसँग छलफल सुरु गरेका छन् । बुधबार बिहान १० बजेदेखि प्रधानमन्त्री ओलीले सम्पूर्ण मन्त्रालयका मन्त्री र सचिवसँग पालैपालो बजेट कार्यान्वयन कार्ययोजनाको ब्रिफिङ लिन थालेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हरेक मन्त्रालयले प्रधानमन्त्रीसमक्ष चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनासहितको ’पावरपोइन्ट प्रिजेन्टेसन’ दिनेछन्। बजेटमा समावेश भएका हरेक कार्यक्रम कार्यान्वयनको समयसीमासहितको कार्ययोजना तयार गरिएको छ। त्यो कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने मन्त्रालयहरुको तयारी छ।

बजेट कार्यान्वयनमा सरकार असफल हुने क्रमले गत आर्थिक वर्षमा पनि निरन्तरता पाएपछि प्रधानमन्त्री ओली आफैंले यसपटक सबैसँग कार्ययोजना मागेका हुन्। यसअघि मौखिक कार्ययोजना सुनेका प्रधानमन्त्री ओलीले यसपटक सबैसँग लिखित प्रतिबद्धता खोजेका हुन्।
आप्mनो निर्देशनअनुसार मन्त्रालयहरुले काम गर्न नसकेको भन्दै ओली रुष्ट छन् । त्यसकारण कतिपय मन्त्रीहरुलाई हटाउने समेत उनको तयारी छ।

प्रतिक्रिया दिनुहोस्