Logo
Logo

एकीकृत समाजवादीमा जनताको आकर्षण बढेको छ : माधव नेपाल


819
Shares

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताएका छन् ।

मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलार्ई देशैभर थप स्थापित गर्नेसमेत बताए । संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिए । उनले गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउनसमेत आग्रह गरे ।

उनले भने, ‘गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला । जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ ।’

गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उनले उल्लेख गरे । अध्यक्ष नेपालले धेरै स्थानमा पार्टीको चुनाव चिह्न जनतालाई चिनाउन नसकेको र धेरै मत बदर भएकाले समेत अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताए ।

नेपालमा मुस्लिम समुदायमा रहेको गरिबी अन्त्य गर्नुपर्ने खाँचो रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको तर्फबाट पिछडिएको वर्गका लागि विशेष ध्यान दिनुपर्ने बताए । सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष ताजमहमद मियाँलगायतले मुस्लिम समुदायको हक–अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताए ।

गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १५, घाइतेको सङ्ख्या १२५ पुग्यो

एजेन्सी । शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन् ।

उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभावमा ७२ घण्टाभित्र आफ्नो चिकित्सा सेवा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ ।

मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले प्रेस सम्मेलन गर्दै भने, ‘घाइतेहरूका लागि आकस्मिक सेवासुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रियासमेतलाई रोकिएको छ ।’ गाजामा औषधीको अवस्था वर्षौंपछि ‘सबै भन्दा खराब’ अभावबाट गुज्रिरहेको अल–किद्राले बताए ।

प्रतिक्रिया दिनुहोस्