Logo
Logo

निर्वाचनका लागि पहिलो दिनमै आयोगमा ५ पार्टी दर्ता


3.5k
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । त्यतै, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्