Logo
Logo

आमाको शोकमा सांसद उषाकला राई मुन्डन गरेर किरियामा



काठमाडौं, २६ पुस ।
नेकपाकी सांसद उषाकला राई आमाको मृत्यु कपाल मुन्डन गरेर किरिया बसेकी छिन् । उनकी आमाको बुधबार निधन भएको थियो । छोरा र छोरी बराबर रहेको सन्देष दिन उनी आफैं कपाल मुन्डन गरेर किरिया बसेकी हुन् ।


जसबारे पूर्व मन्त्री समेत रहेका उनका श्रीमानले फेसबुकमा लेखेका छन्–
उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्