Logo
Logo

माधवले प्रधानमन्त्री हुँदा रौतहटका लागि सिन्को भाँचेनन् : ओली



रौतहट । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।

रौतहटमा भएको एक कार्यक्रमलाई संवोधन गर्दै उनले रौतहटबाटै चुनाव जितेका नेपालले जिल्लाको लागि सिन्को पनि नभाँचेको भन्दै भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०-२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’

अध्यक्ष ओलीले प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेको दावी गरे ।

‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन्,’ ओलीले भने । तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्