
१. पाँच दलीय गठबन्धनमा रहेका दलले आगामी निर्वाचनमा तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको पहिलो बैठक सम्पन्न, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन, तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्नेगरी अघि बढाउनुपर्ने सकारात्मक ।

२. ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने लगानी बोर्डको निर्णय, भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नेसम्बनधी समझदारीपत्र स्वीकृत, आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने ।

३. अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन, अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जानिने गरी नागरिकता प्रमाणपत्र जारी गर्न नमिल्ने, नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउनुपर्ने ।

४. प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिद्वारा सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दोरूपमा अनुगमन गर्ने संयन्त्र बनाउन निर्देशन, सार्वजनि यातायातले मनोमानीरूपमा भाडा असुल्ने गरेको भनाइ, आमनागरिकबाट गुनासो सम्बोधनका लागि संयन्त्र बनाउन र त्यससम्बन्धी जानकारी समितिलाई उपलब्ध गराउनुपर्ने, नारायणगढ–मुग्लिन र नारायणगढ–पोखरा सडकमा सीमा अतिक्रमण गरी विनास्वीकृति निर्माण गरिएका घर र विद्युत्का खम्बा हटाउने व्यवस्था मिलाउन निर्देशन ।

५. अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सांसदहरुको माग, भारतबाट पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै सरकारको ध्यानार्षण, सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप ।

६. आदिवासी समुदायको हकहितका लागि सरकार क्रियाशील रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, आदिवासी जनजातिका हितका लागि सरकारले विभिन्न महत्वपूर्ण काम गर्दै आएको दाबी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरी उनीहरूको उत्थान विकास गर्दै जातीय पहिचान र भाषा संस्कृतिको संरक्षणमा पनि काम गरको तर्क, राज्यको मूलधारमा ल्याएर कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने अभिव्यक्ति ।

७. चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भनाइ, नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर भएको अभिव्यक्ति, कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउन सुझाव, दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको जानकारी, भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट माग्नुपर्ने तर्क ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्ले, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित, कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा कारोबार, १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो ।

९. इजरायलले गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति, २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्ने विश्वास, काबुलमा सडकमा भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देश ।

१०. नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएईले आयोजना गर्न लागेको आइएलटि–२० का लागि अनुबन्धित ।















