
काठमाडौं । इलामको चिया बिक्रीमा समस्या देखिएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।
इलामका चिया व्यवसायीसहित खनालले प्रधानमन्त्रीलाई भेटेर चिया बिक्रीमा देखिएको समस्या समाधान गर्न आग्रह गर्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।
‘इलामका चिया व्यवसायी सहितको टोलीले प्रधानमन्त्रीलाई भेट्न लागेको हो,’ उनले भने, ‘भारतले समेत ४० प्रतिशत कर लगाएको छ । यसका लागि पनि कुटनीतिक पहल गर्न नेता खनालसहित प्रतिनिधिमण्डलले माग गर्ने तयारी गरेको छ ।’
साथै प्रधानमन्त्री देउवासँग खनालले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने तयारी गरेका छन् । पूर्वप्रधानमन्त्री खनालसहितको टोली बिहान साढे ९ बजे बालुवाटार जाने भट्टराईले बताए ।











