
काठमाडौं । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरुलाई लक्षित गर्दै संघीयता विरोधी र पक्षधर एउटै गठबन्धनमा रहेको आलोचना गरेका छन् ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका हुन् ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य गर्दै उक्त आलोचन गरेका हुन् ।
आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही वमोजिम आयोगमा एमाले दर्ता गर्न उनी लगायत पार्टीका पधाधिकारीहरु आयोगमा गएका हुन् ।














