काठमाडौं । सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताए ।

आफूहरुलाई बिभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनले बताए ।
त्यस्तै सांसद निरादेवी जैरुले उनले दलित समुदायका व्यक्तिलाई हेपेर नाम राखेर नागरिकता दिने गरिएको भन्दै नागरिकता वितरण गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुुपर्ने माग गरे ।
उनले सप्तकोसीमा भएको बाढीका कारण त्यस क्षेत्रका नागरिक मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।














