Logo
Logo

रबिन्द्र अधिकारीका अधुरा सपना पुरा गर्छुः योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, १५ साउन ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहणपछि पदभार सम्हालेका छन् । बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएपछि उनलउ सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका हुन् ।
पदभारपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले दिवंगत मन्त्री रबिन्द्र अधिकारीका अधुरा सनपा आफूले पुरा गर्ने बताए । आफू काम लगाउनभन्दा पनि सिक्न आएको उनको भनाई थियो । े, ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो । सबैले मिलेर काम गरेमा हामी सफल हुनेछौं ।’

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएमा बुधबार योगेश नियुक्त भएका हुन् । लामो समय सुखदुःखमा अधिकारीसँगै रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले भने ‘घनिष्ट मित्र गुमायौँ । म सम्झन चाहन्छु । लामो समय बिताइयो, सुख दुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ ।’

त्यस्तै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीकै रुपमा आएको बताए । ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसोभन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’ अधिकारीले अगाडि सारेका कामहरु पूरा गर्ने बताउनुभयो । ‘म यहाँ एउटा परिस्थितिले आकस्मिक रुपमा आएँ, रवीन्द्र अधिकारीका अपुरा काम पूरा गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्