Logo
Logo

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै


441
Shares

काठमाडौं। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनितिबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि निर्वाचनको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको हो । बैठक आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना पनि छ । आसन्न निर्वाचनमा नेकपा एमालेले विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोमा दल दर्ताको गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्