Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

मिटरब्याजी समस्या समाधन गर्नेदेखि सरुवाजन्य रोगको संक्रमण बढेकोसम्म


441
Shares

१. मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि गृहमन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन, सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृहका कानुन उपसचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, सदस्य सचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का, एक महिनाभित्र प्रतिवेदन बुझाउने ।


२. नेपाली कांग्रेसका सभापति एंम प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता, गठबन्धनमा सिट बाँडफाँटबारे छलफल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायतलाई गठबन्धनमा सामेल गराउने विषयमा पनि कुराकानी ।


३. शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, विभिन्न पुस्तामा रहेका सीप, क्षमता युवालाई हस्तान्तरण गरी नयाँ पुस्तालाई सवलीकरणको खाँचो भएको अभिव्यक्ति, समाज र राष्ट्रको विकासका लागि विशेष भूमिका निर्वाह गर्ने युवाको योगदानलाई चिनाउन र युवा वर्गको हित र अधिकारको विषयलाई व्यवस्थित बनाउन जोड ।


४. सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता, दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी, नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको सभामुको भनाइ, चीनले कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा ।


५. देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँयो गाईजात्रा, विगत दुई वर्षकोभन्दा यसपटक गाईजात्रा रौनक बढ्यो, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराइयो, श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन ।

६. देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड, सरकार सबै समुदायको अधिकार सुनिश्चितता गर्ने प्रतिबद्ध ।


७. नेपालमा सरुवाजन्य रोगको संक्रमण बढ्यो, थरीथरीका सरुवाजन्य रोग धमाधम एकै समयमा देखिएका सरुवारोग विशेषज्ञहरुको भनाइ, किटजन्य रोग डेंगु, स्क्रबटाइफस र कोभिड–१९ का बिरामी बढे, नेपालमा पनि मङ्कीपक्सको जोखिमको त्रास, पछिल्लो समय सरुवा रोगहरुको ओभरल्यापिङ भइरहेको सरुवारोग विशेषज्ञ शेरबहादुर पुनको अभिव्यक्ति ।


८. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको नियन्त्रणमा, शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी, नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात नियन्त्रणमा लिएको अख्तियारको भनाइ ।


९. युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी, परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेनले एक अर्कालाई आरोप, अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विष्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु, आफ्नो माग पूरा गरे ईयू गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघको प्रस्ताव इरानले स्वीकार गर्ने ।


१०. यू १७ राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणको छनोटमा ३० खेलाडी समेटिए, श्रीलंकामा भदौं २० देखि भदौं २९ सम्म हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने, १९औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा, नमुना स्पोट्र्स क्लब, गोदावारी विकास युथ क्लब,गोदावारी युनाइटेडले पहरी एफसी र लानव समकालीन समाज क्वाटरफाइनलमा ।

प्रतिक्रिया दिनुहोस्